अपडेट 
२०८० चैत्र १९, सोमबार ०६:४९

सिरहा जिल्लाको मिर्चैयामा रहेको शारदा डिष्ट्रिलरीका सञ्चालक प्रमोद गोयन्कालाई राजस्व छलीको अभियोगमा नियन्त्रणमा लिइएको छ ।

गोयन्काको स्वामित्वमा रहेको डिष्ट्रिलरीमा अन्तशुल्कको स्टिकरमा गडवडी भएको अभियोगमा आन्तरिक राजस्व कार्यालय लहानले छानबिन गरिरहेको छ । लामो समयदेखि शारदा डिष्ट्रिलरी सञ्चालन हुँदै आएको छ । गोयन्कालाई गत विहीवारदेखि राजस्व कार्यालयले लहान स्थित इलाका प्रहरी कार्यालयमा राखेको छ ।

डिष्ट्रिलरी सम्बद्ध कर्मचारीहरुका अनुसार बिल,बिजक सक्कली रहेको र स्टिकरमा समेत गडबडी भएको छैन् । राजस्व कार्यालयले छानबिन भइरहेको जनाएको छ । राजस्व कार्यालयका अनुसार गडबडी भए अनुसारको रकम बिगो र जरिवाना समेत असुल उपर गरिने छ । राजस्व कार्यालयले गोयन्कालाई म्याद थप समेत गरिसकेको छ ।

राजस्व कार्यालयले गोयन्कालाई नियन्त्रणमा लिनु पूर्व डिष्ट्रिलरीका कर्मचारीहरुसित सोधपुछ गरेको थियो ।त्यस क्रममा भारतमा रहेका गोयन्कालाई राजस्व कार्यालयले हाजिर हुन पत्राचार गरेपछि उनी स्वयं हाजिर भएको डिष्ट्रिलरीका कर्मचारीहरुले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News