अपडेट 
२०८० चैत्र २०, मंगलवार १८:४७

भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले बराेडालाई २७ रनले हराएकाे छ ।

नेपालले दिएकाे १ सय ५७ रनकाे लक्ष्य पछ्याएकाे बराेडाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रनमात्र बनाउन सक्याे । बराेडका भानु पानियाले ३८, बाबा खानले २७ रन बनाए । बलिङतर्फ नेपालका करण केसीले ३ तथा साेमपाल कामी र अबिनाश बाेहराले समान २ विकेक लिए ।

यसअघि गुजरातकाे वापीमा टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायाे । नेपालका कुशल मल्लले सबैभन्दा धेरै नट आउट ४२ रन बनाए । यस्तै सन्दीप जाेराले २९ रन बनाए । बलिङतर्फ बराेडका बाबा खानले २ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलामा भाेलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । नेपालले आफ्नाे पहिलाे खेलमा गुजरातलाई ८ विकेटले हराएकाे थियाे । फाइनल खेल चैत २५ गते हुनेछ ।

Comment


Related News

Latest News

Trending News