अपडेट 
२०८० चैत्र २१, बुधबार १२:२७

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाउनुभएको थियो ।

सत्ता गठबन्धन परिवर्तनसँगै माओवादीले समर्थन फिर्ता लिएपछि उहाँ गएको फागुन २३ गतेदेखि अल्पमतमा हुनुहुन्थ्यो । उहाँले आजसम्म विश्वासको मत लिनुपर्नेमा विश्वासको मत नलिई राजीनामा दिनुभएको हो ।

अब प्रदेश प्रमुखले  संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुहुनेछ । सत्ता गठबन्धनले बहुमत जुटाएर दाबी पेस गरे नयाँ सरकार बन्छ । नभए उपधारा ३ अनुसार ठूलो दलको हैसियतले पाण्डे नै मुख्यमन्त्री बन्नुहुनेछ ।

गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् । २ सदस्य रहेको राप्रपाले दिएमा मात्रै गठबन्धनको बहुमत पुग्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् ।

Comment


Related News

Latest News

Trending News