अपडेट 
२०८० चैत्र २३, शुक्रबार ०८:३७

मधेश प्रदेशको एकमात्र संरक्षित वन धनुषाधाम वन क्षेत्रमा चिडियाखाना (जू ) निर्माणका लागि पहल सुरु भएको छ ।

संघीय वन तथा वातावरण मन्त्री नबल किशोर साहले मधेस प्रदेश भित्र धनुषा जिल्लाको धनुषाधाममा रहेको एक मात्र संरक्षित वनलाई संरक्षण गर्न र जूको रुपमा स्तरोन्नति गरिने बताएका छन् ।

मधेश प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवसित आप्mनै कार्यकक्षमा भेंट्दै मन्त्री साहले वनको निरीक्षणका लागि २९ गते अध्यन टोलि धनुषाधाम पठाउने र कार्य पूरा गर्ने प्रतिबद्धता जनाए ।

वन तथा वातावरण मन्त्री साहले धनुषाधामको समग्र विकासमा वन र जूले ठूलो मद्दत गर्ने बताए ।त्रेता युगमा भगवान रामले भाँचेको धनुषको एउटा टुक्रा धनुषाधाममा खसेको जन विश्वास छ ।

भारतका सुप्रसिद्ध सन्त चट्टी बाबाले धनुषाधाममा सीताराम नाम महायज्ञ स्थलमा सीताराम जाप गराइरहेका छन् । हिन्दू पर्यटकहरु ओइरिने धनुषाधामको विकासका लागि धनुषाधाम वनलाई स्तरोन्नती गर्नु आवश्यक रहेको मन्त्री यादवले बताइन् ।

मधेश प्रदेशमा पर्यटकलाई आकर्षित गर्ने सम्पदाहरु मध्ये धनुषाधामपनि प्रमुख रहेको मन्त्री यादवले बताइन् ।

Comment


Related News

Latest News

Trending News