अपडेट 
२०८० चैत्र २४, शनिबार ११:४७

वैशाख १५ मा हुने उपनिर्वाचनको लागि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा ज उम्मेदवारी दर्ता हुँदैछ।

उपनिर्वाचनका लागि आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । आजै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ ।

सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकेको छ । आइतबार अपराह्न ३ बजे उपरान्त चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय हुने छ ।

चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालाकीराम शर्मा पौडेलले जानकारी दिनुभयो ।

चैत्र २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ । आयोगका अनुसार सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ।

निर्वाचन कार्यक्रमअनुसार २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

Comment


Related News

Latest News

Trending News