अपडेट 
२०८० चैत्र २४, शनिबार १७:५५

सुनसरीमा हिजो भएको दुई पक्षबीचको झडपपछि उत्पन्न समस्या समाधानका लागि पाँचबुँदे सहमति भएको छ ।

तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयँलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बैठकमा घटनाको छानबिन गर्ने, दोषीमाथि कारबाही गर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने र तनाव साम्य भएपछि सुनसरीमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय भएको छ ।

यस्तै जिल्ला प्रशासनले लगाएको कर्फ्यू क्रमशः खुकुलो पार्दै लैजाने सहमति पनि भएको छ ।

हिजो हरिनगर गाउँपालिकाको केन्द्र भुटाहामा भएको दुई समूहबीचको झडपले उग्र रुप लिँदा हरिनगरसहित सुनसरीका पाँचवटा पालिकामा त्यसको असर देखिएपछि अवस्थालाई बिग्रन नदिन जिल्ला प्रशासन कार्यालयले पाँचवटा पालिकामा कर्फ्यू आदेश जारी गरेको थियो ।

हिजो दुई पक्षबीच भएको झडपका क्रममा १० जना प्रदर्शनकारी र १९ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ८० राउन्ड हवाई फायर र ४० सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

Comment


Related News

Latest News

Trending News