अपडेट 
२०८० चैत्र २५, आईतवार ०८:१९

धनुषाका नीजि विद्यालयका शिक्षकहरुलाई जनकपुरधाममा शिक्षण सम्वन्धी एकदिने पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ ।

वेदान्त पब्लिकेसन प्रा.लि द्वारा प्रायोजित तथा नेपाल पुस्तक तता स्टेशन्री व्यवसायी महासंघ जिल्ला कार्यसमिति धनुषाको सहजिकरण र प्याब्सन जि.का.स धनुषा नेशनल प्याब्सन जि.का.स. धनुषाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

शनिबार जनकपुरधाममा संचालन गरिएको आधारभुत तथा मावि स्तरिय एक दिवसीय गणित शिक्षक शिक्षण पुनर्ताजगी कार्यक्रममा धनुषाका दुइसय भन्दा बढि नीजि विद्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो ।

प्यावसन धनुषा र एन प्यावसन धनुषाको आयोजन तथा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सहजीकरणमा भएको पुर्नताजगी कार्यक्रममा शिक्षण सम्वन्धि क्रियाक्लापको प्रशिक्षण दिइएको प्रशिक्षक हुकुम प्रसाद दहालले जानकारि दिए ।

अंग्रेजी माध्यमबाट पढाउने सामुदायीक विद्यालयलाई समेत सहभागी गराइएको पुनर्ताजगी कार्यक्रमबाट शिक्षकको शिक्षण स्तरलाई उकास्ने र शिक्षामा सिकाईको स्तरमा पनि वृद्धि हुने भएकोले कार्यक्रम उतकृष्ट रहेको दहालले जानकारि दिए ।

त्यस्तै वेदान्त पब्लिकेसनका निर्देशक मनोज कुमार रेग्मीका अनुसार परिवर्तन भएको करि कुलमलाई कुन तवरले पढाईने र कसरी बढि भन्दा बढि प्रतिफल प्राप्त गर्ने उदेश्यकका साथ प्रशिक्षणको आयोजना गरिएको बताए । उनका अनुसार यसभन्दा पहिले पनि प्रशिक्षण कार्यक्रमको आयोजना भएकोमा राम्रै प्रतिक्रिया आएकोले यसलाई निरन्तरता दिइएको जानकारि दिए ।

त्यस्तै, वेदान्त पब्लिकेसनका मार्केटिङ म्यानेजर श्रवण कुमार यादवले यस्तै किसिमको प्रशिक्षण कार्यक्रमले शिक्षकहरुमा साकारात्मक उर्जा थपिने हुनाले आब आगामि दिनमा थप स्थानहरुमा यस्तै किसिमको प्रशिक्षण कार्यक्रमहरुलाई निरन्तर्ता दिने बताए ।

कार्यक्रममा धनुषाका निजी विद्यालयका दुइसय पचास भन्दा बढि शिक्षक शिक्षीकाहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News