अपडेट 
२०८० चैत्र २५, आईतवार ०८:२६

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल का अध्यक्ष महन्थ ठाकुरले शान्तिपूर्ण संघर्ष गर्दा पनि मधेशीले गोली लठ्ठी खानुपरेको बिडम्वना रहेको बताएका छन् ।

महोत्तरीको मटिहानीमा आयोजना गरिएको एक कार्यक्रममा अध्यक्ष ठाकुरले मधेशमाथिको अन्याय मुलुकमा अझै जारी रहेको भन्दै उनले सरकारले मधेशमाथि विभेद जारी राखेको जिकिर गरे । उनले अदालतले पनि मधेश र मधेशीमाथि न्याय नगरेको गुनासो गरे । सबैभन्दा बढी जनसंख्या रहेको मधेश प्रदेशमा कम बजेट दिनु, निर्वाचन क्षेत्र कम बनाउनु मधेश माथिको विभेदको उदाहरण रहेको उनले बताए ।

अध्यक्ष ठाकुरले समग्र मधेशवासीको प्रतिनिधित्व मधेश प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरुको हितका लागि अझै पनि संघर्षको आवश्यकता रहेको औल्याए ।

नेपाल–भारत मैत्री कार्यक्रम अन्तर्गत एलपिजी ग्यास सिलिण्डर तथा चुलो वितरण कार्यक्रममा अध्यक्ष ठाकुरद्वारा मटिहानी नगरपालिकाको वड़ा १ देखि ९ सम्मका करिब २००० अति विपन्न तथा दलित परिवारलाई निःशुल्क सिलिण्डर र चुलो वितरण गरिएको सुशीला ठाकुर हेल्थ मेमोरियल फाउण्डेशन धनुषाका अध्यक्ष डा. मिनाक्षी ठाकुरले बताइन् । डा. ठाकुरले नेपाल–भारतबीच पारिवारिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताउँदै भारतबाट हुने यस किसिमका सहयोगले नेपाल–भारतका जनताबीच अझ मजबुत सम्बन्ध स्थापित हुँदै गएको बताइन् ।

Comment


Related News

Latest News

Trending News