अपडेट 
२०८० चैत्र २५, आईतवार ०८:२९

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यावदले वीरगञ्जले केन्द्र सरकारलाई धेरै थोक दिएको बताएका छन् ।

वीरगञ्जमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले केन्द्र सरकारले वीरगञ्जलाई केही नदिएको भ न् द ै प्रतिप्रश्न गरेका छन् । उनले प्रश्न गर्दै भने, ‘संघीयता आएको ७ वर्ष भइसक्यो, मधेशका मुख्यमन्त्रीलाई कुन बेला कुन् प्रमुख सचिव आउँछन्, प्रदेशका विकास–निमार्ण योजना कहिले सुरु र सम्पन्न हुन्छन् भन्ने थाहै हुँदैन ।’ उनले अघि थप्दैँ भने, ‘वीरगञ्जलाई केन्द्र सरकारले केही नदिए पनि वीरगञ्जले भने थुप्रै थोक दिएको छ, तर अहिलेसम्म वीरगञ्जले केन्द्र सरकारबाट के पायो त? देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउने र संघीयता ल्याउनसमेत मधेशको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले संघीय सरकारले उपेक्षा गर्न नमिल्ने बताए ।

मधेशले अधिकारबिनाको संघीयता अपनाउनु परेको भन्दै उनले गुनासो गरे । केन्द्रको सत्ता गठबन्धन अकास्मात परिवर्तन हुँदा प्रदेशहरूमा समेत कम्पन आउन थालिएकाले विभिन्न काम बीचमै अलपत्र पर्ने परिस्थिति उत्पन्न भएको उनले बताए । आफूले संघीय सरकारको अघिल्लो गठबन्धन छँदा मधेशमा सिँचाइ व्यवस्थापनका लागि करिब १ अर्बको परियोजना अघि सारेर टुंगोमा पुग्नै लागेका बेला केन्द्रमा नयाँ मन्त्रीमण्डल बनेपछि त्यो योजना अलपत्र परेको उनले बताए ।

संघीय सरकारले बजेट बनाउँदा प्रदेशका उद्योगी–व्यापारीसँग पनि सल्लाह गर्नु पर्ने धारणा राखे ।

Comment


Related News

Latest News

Trending News