अपडेट 
२०८० चैत्र २५, आईतवार ०८:३१

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई किर्ते नागरीकता प्रकरणमा मोलाहिजा गरेको भन्दै नगरमा स्थानीय प्रशासनको विरुद्धमा समेत दिनहुँ प्रदर्शन भइरहेको छ ।

वीरगञ्जमा शनिबार महानगरका मेयर सिंह विरुद्ध स्थानीयहरुले मशाल जुलुश प्रदर्शन गर्दै प्रहरी प्रशासनसमेतको विरुद्धमा दिनहुँ नारावाजी गर्दै आएका छन् । मेयर सिंहलाई कारबाही गर्नुपर्ने भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद शाहाबुदिनले कागज मिलाएर चोख्याउने काममा स्थानीय प्रशासन लागेकाले आफुहरुले दिनहुँ खबरदारी गर्दै प्रदर्शन गरिरहेको बताए ।

शनिबार टायर बालेर प्रदर्शन गर्ने क्रममा बरकत अली, महम्मद नौसाद, शेख रमजान र महम्मद अफताबलाई समेत पर्सा प्रहरीले पक्राउ गरेको जनाइएको छ । प्रहरी प्रशासनले मेयर राजेशमान सिंहमाथि कानुनी कारबाही अगाडि नबढाए आउने दिनमा अर्ध नग्न जुलुस, प्रधानमन्त्री र गृहमन्त्रीको पुतलादहन गर्ने सभापति शाहाबुदिनले बताए ।

Comment


Related News

Latest News

Trending News