अपडेट 
२०८० चैत्र २६, सोमबार ०६:४९

मधेश प्रदेश सरकारले आर्थिक विकास समृद्धि तथा रोजगारको वातावरण निर्माणको लागि १३ स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने योजना अघि सारेको छ ।

पछिल्लो समय मधेश प्रदेशमा विभिन्न कारणले उद्योगहरु बन्द भइरहेको समस्यालाई समाधान गर्न नयाँ तथा साना उद्योगलाई प्रोत्साहन गर्ने योजना प्रदेश सरकारले अघि सारेको छ ।

मधेश प्रदेशकी उद्योग पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवले प्रदेशमा रहेका साना तथा मझौला उद्योगहरुको संख्या बढी रहेको र उद्योगहरुको सम्भवना पनि प्रदेशमा अधिक रहेकाले प्रदेश सरकारले औद्योगिक ग्राम स्थापना गर्ने योजना लिएको बताइन् ।

औद्योगिक ग्राम स्थापनाका लागि संघीय सरकारसँग समन्वय गरी प्रदेशका विभिन्न १३ स्थानामा औद्योगिक ग्राम स्थापना गर्ने योजना रहेको मन्त्री यादवले बताइन् । आर्थिक मन्दी तथा कोरोनाको कारण गत आर्थिक वर्ष ०७९/०८० धनुषा जिल्लामा ७१ वटा घरेलु तथा साना उद्योग बन्द भएको छ । जसका कारणले १० हजारभन्दा बढी कामदारहरु बेरोजगार देखिन्छन् । बन्द उद्योगमा लघुउद्योगतर्फ २८, साना उद्योगतर्फ ४२ र घरेलु उद्योगतर्फ एक वटा गरी धनुषामा ७१ वटा उद्योगहरु बन्द अवस्थामा रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा मधेश प्रदेशमा साना उद्योग ५३६, लघु उद्योग ५५१ र घरेलु उद्योग एक गरी एक हजार २ सय २८ उद्योग दर्ता भइ सञ्चालनमा रहेको जनाएको छ । ती उद्योगहरुको स्थिर र चालु पूँजी ३ अर्ब ५५ करोड ४२ लाख रुपैयाँ रहेको छ । स्थानीय कच्चा पदार्थमा आधारित यस्ता उद्योगको विकास र प्रवद्र्धन गर्नका लागि प्रदेश सरकारले नीतिगत रुपमै प्राथमिकतामा राख्ने योजना अघि सारेको छ ।

Comment


Related News

Latest News

Trending News