अपडेट 
२०८० चैत्र २७, मंगलवार ०७:१४

धनुषाको पाँच वटा स्थानीय तहलाई सेवा दिने गरी मिथिला नगरपालिकास्थित ढल्केवरमा मालपोत कार्यालय सार्न लागेको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् ।

जनकपुरधाममा सोमबार जनकपुरधामको विकासमा अवरोध खडा गर्न खोजेको भन्दै मालपोत कार्यालय सार्ने निर्णय गरिएको भन्दै मालपोतविरुद्धको संघर्ष समिति गठन गरेर स्थानीय प्रदर्शन गरेका छन् । गोप्य रुपमा मालपोत कार्यालय सार्ने विषयमा आफूहरुलाई जानकारी भए लगत्तै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए पनि वास्ता नगरेकाले संघर्षमा उत्रिनु परेको संघर्ष समितिका संयोजक रमण सिंहले बताए ।

सो प्रदर्शनमा उत्रिएका स्थानीय मालपोत कार्यालय धनुषाको काम एक घण्टा अवरुद्ध गर्नुका साथै एक घण्टा चक्का जामसमेत गरेका थिए । ०७२ साल असोज १४ गते मन्त्रीपरिषद्को निर्णयअनुसार धनुषाको ५ पालिकालाई सेवा प्रदान गर्नका लागि सार्न लागिएको हो । सो कार्यालयबाट धनुषाको धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका र बटेश्वर गाउँपालिकालाई सेवा प्रदान गरिने छ ।

यद्यपि संघर्ष समितिले प्रत्येक पालिकामा मालपोतको सेवा प्रदान गर्ने गरी कार्यालय खोलिए मात्रै कार्यालय सार्ने निर्णय आफूहरुलाई मान्य हुने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News