अपडेट 
२०८० चैत्र २७, मंगलवार ०७:१६

आरती साह हत्या प्रकरणमा छानविन सुरु भएको छ ।

आरती साहको शंकास्पद मृत्यु भएको घटनाबारे छानविन गर्न काठमाण्डुस्थित प्रहरी प्रधान कार्यालयले डीआईजी उमेशराज जोशीलाई जनकपुरधाममा पठाएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीसँगै सीआईबीका प्रहरी उपरीक्षक होविन्द्र बोगटी, प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी र प्रहरी निरीक्षक शान्ता लामाले जनकपुरधामस्थित आरती साहको शंकास्पद मृत्यु भएको स्थलबाट र सो प्रकरणमा अभियूक्त बनाइएकाहरुमाथिसमेत छानविनसहित अनुसन्धान थालिएको छ ।

फागुन ३० मा गृह मन्त्रालय र पीडित परिवारको बीचमा थप अनुसन्धान गर्न सीआईबीको टोली पठाउने सहमति भएको थियो । गृह मन्त्रालयका अधिकारीहरूसँगको ५ बुँदे सहमति गरेसँगै १० महिनादेखि आन्दोलनरत साहका परिवारले आन्दोलन फिर्ता लिएको थियो । ०८० जेठ ७ मा धनुषाको जनकपुरधाम उप– महानगरपालिका वडा नम्बर–९ स्थित ब्रह्मपुरी चोकमा रहेको घरमा शंकास्पद रूपमा मृत फेला परेकी आरती साहको मृत्यु प्रकरणबारे थप अनुसन्धान थालिएको छ ।

डीआईजी नेतृत्वको सो टोलीले काम सुरु गरेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नु पर्नेछ । जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी अधिकारीहरूले पीडित परिवारमाथि कुटपिट र दुव्र्यवहार गरेको घटनाबारे छानविनसमेत भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News