२०८० चैत्र २७, मंगलवार १४:०३

सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा-२ का २५ वर्षीय शेखर शर्मा बरही हुन्।

उनी फागुन १६ गते घटनास्थलबाटै भागेका थिए। खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको टोलीले सोमबार साँझ उनलाई पक्राउ गरेको हो।

उनी लुकिछुपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।

Comment

Related News

Latest News

Trending News