अपडेट 
२०८० चैत्र २९, बिहीबार ०७:२८

इस्लाम धर्मावलम्बीहरुले आज महान चाड ईलुल फित्र(ईद) धुमधामका साथ मनाउँदै छन् ।

बुधबार ३० रोजा पूरा भएको र बुधबार साँझ चन्द्रमा पनि देखिएकोले मुस्लिम समुदायले ईदुल फित्र (ईद) मनाउन लागेका छन् । खाडी मुलुक साउदी अरब, कत्तार, सहितका देशहरुरमा बुधबार नै ईद मनाए पनि नेपालसहित भारत, पाकिस्तान, बंगलादेश लगायतका मुलुकका मुस्लिम सामुदायले बिहीबार एकैसाथ ईद मनाउँदै छन् ।

इस्लाम धर्मका ५ वटा आधार स्तम्भ इमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रा नम्बरको हो । हरेक बालिग महिला र पुरुषमा रमजान महिनामा रोजा बस्नुपर्ने अनिवार्य प्रावधान रहेको छ । ईदमा सेवइ, खीर तथा अन्य मिठो परिकार खानपिन गर्ने गरिन्छ ।

त्यस्तै इदको लागि मुस्लिम समुदायले परिवारका प्रत्येक सदस्यको लागि नयाँ लुगाकपडा खरिद गर्ने गर्दछ । जनकपुरधाम उपमहानगरपलिकाका पूर्व उपमेयर असगर अलीले भने, ‘ईदको नमाज पढ्नु पुर्व घरका प्रत्येक सदस्यको लागि नयाँ लुगा कपडा लगाउनु जरुरी छन्, तर गरिब, असहायलाई मालदार मुस्लिमहरुले जकातको रुपमा लत्ताकपडा तथा खानपिनको लागि सामग्रीहरु सहयोग गरिदिने चलन रहेको छ ।’ ईदको बिहानै सम्पूर्ण मुस्लिमले नुहाई पाकसाफ भइ नयाँ कपडामा नजिकका इदगाह वा मस्जिदमा गएर ईदको नमाज पढ्ने गर्दछ ।

ईदको नमाज पढ्नु भन्दा पूर्व रोजामा भएको कमी कमजोरी वा रोजालाई शुद्धिकरणका लागि प्रतिव्यक्ति २ किलो ४५ ग्राम गहुँको दरले परिवारका सवै सदस्यहरुको नाममा अनिवार्य रुपमा मस्जिद मदरसामा दान गर्नुपर्ने चलन रहेको छ । ईदको नमाज समाप्त भएसँगै मुस्लिम समुदायले एक अर्कालाई अंकमाल गरी ईद मुबारक भन्दै शुभकामना दिने गर्छ । यता, ईदको अवसरमा संघीय सरकार र मधेश प्रदेश सरकारले पनि आज सार्वजनिक विदा दिएको छ ।

Comment


Related News

Latest News

Trending News