अपडेट 
२०८० चैत्र २९, बिहीबार ०८:३४

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य गजाधर यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग टिकाटालो लगाउँदै नेता यादवलाई एमालेमा स्वागत गरेका थिए । प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जसपा नेपालमा रहेर पनि पार्टीलाई असहयोग गरेको आरोप लगाउँदै जसपाले स्पष्टीकरण लिएको थियो । त्यसपछि उनलाई जसपामा जिम्मेवारीविहीन बनाइएको थियो । यस अघि पनि उनी एमालेबाटै जसपामा प्रवेश गरेका थिए भने उनी नेता यादव पुनः एमालेमै फर्किएका छन् । सो पार्टी प्रवेशको क्रममा उपप्रधान तथा भौतिक विकास तथा यातायातमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री रामसिंह यादव, सन्तोष यादवलगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News