अपडेट 
२०८० चैत्र २९, बिहीबार ०८:३९

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहको अनुसन्धानको लागि पर्सा प्रहरीले दोश्रो पटक म्याद थपेको छ ।

पर्सा जिल्ला अदालतबाट प्रहरीले नेशनल मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साहलाई थप ५ दिन थुनामा राख्न अनुमति लिएको छ । उपभोक्ता हित संरक्षण मञ्चले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुविरुद्ध कालोबजारी तथा सामाजिक अपराधमा म्याद थप गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका सुनिल श्रेष्ठले दिएको जाहेरीमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशकले उपभोक्तालाई कालोबजारी गरेको भन्दै उनीसहित ल्याब प्राविधिक संजय साहविरुद्ध पनि जाहेरी दिएका थिए । यता नेपाल चिकित्सक संघले पक्राउ परेका दुवै जनालाई रिहा गर्न पे्रस विज्ञप्ति जारी गरेको छ ।

वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट प्रबन्ध निर्देशक(एमडी) शहनवाज अन्सारीसंगै प्रहरीले पक्राउ गरेका ल्याब प्रमुख डा. संजय साहलाई विना शर्त रिहा गर्न चिकित्सकहरुको माग रहेको छ । संघको नारायणी अञ्चल शाखाले एक विज्ञप्ति जारी गर्दै प्रहरीले अतिरञ्जित तरिकाले कसैको मानमर्दन हुने गरी डा. साहलाई नियन्त्रणमा लिएर हिरासतमा राखेकोमा आपत्ति समेत जनाएको छ । डा.साहलाई विना शर्त तत्काल रिहा गर्न माग गरेको छ । संघका सचिव डा. नौशाद हकले जारी गरेको विज्ञप्तिमा संघका आजिवन सदस्य समेत रहेका डा. संजय साहको मानमर्दन हुने गरी आपराधिक शैलीमा पक्राउ गरी लगेको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News