अपडेट 
२०८० चैत्र २९, बिहीबार १६:३७

सिन्धुलीकाे कमलामाई नगरपालिका–४ खट्टारमा रहेको एनसेल टावरमा बम विस्फोट भएको छ ।

गए राति नचिनेको मानिसको समूहले एनसेल टावरको उत्तरतर्फको तारको जाली काटी प्रवेश गरी टावरमा कुकुर बम विस्फोट गराएको र विस्फोटबाट टावरको बक्समा क्षति पुगेको सिन्धुली प्रहरीले जनाएको छ ।

टावरको परिसरभित्र र बाहिर ‘पिपुल्स लिबरेशन आर्मी’ जनमुक्ति सेना लेखिएको १५ थान पर्चा पम्प्लेट पनि फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल कुमार खड्काले बताउनुभयो ।

घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News