अपडेट 
२०८० चैत्र २९, बिहीबार १८:४१

सर्लाही सदरमुकाम मलङ्गवाबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ ।

नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८, गोरखकालीबाट माटोमुनी गाडेर राखिएको ५३ राउण्ड गोली बरामद भएको हो ।

सानो हतियार (पेस्तोल) मा प्रयोग हुने गोली बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

गोरखकालीस्थित भोलेबाबा अटो पार्टस् एण्ड विजयी रिपेरिङ सेन्टर अगाडि खुल्ला ठाउँमा गरगहना राख्ने सानो ब्यागभित्र हालेर माटोमुनी गाडेको अवस्थामा गोली बरामद भएको प्रहरीले जनाएको छ ।

गोली राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँले बरामद भएको गोली जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको बताउनुभएको छ ।

Comment


Related News

Latest News

Trending News