अपडेट 
२०८० चैत्र ३०, शुक्रबार ०७:१६

उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपालको कानुन बमोजिम मेयरलाई कारबाही हुने बताएका छन् ।

विभिन्न दलका स्थानीय नेताहरुसितको भेटमा उनले कानुन बमोजिम वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाही हुने आश्वासन दिए । ‘किर्ते नागरिकता प्रकरणमा वीरगञ्जका मेयर राजेशमान सिंहलाई कानुन बमोजिम कारबाही हुनेछ’ उनले भने, कानुन भन्दा माथि कोही छैन, दोषीले सजाय पाउँछन् ।

किर्ते नागरिकता प्रकरण र किर्ते जन्मदर्ता प्रमाण पत्रमा हालसम्म मेयर सिंहलाई कुनै कारबाही नभएको बताउँदै स्थानीय नेताहरुले आक्रोश पोखेका थिए । किर्ते नागरिकताका सबै प्रमाण संलग्न फाइल स्थानीय नेताहरुले गृहमन्त्रीलाई बुझाएका छन् ।

गृहमन्त्रीसंगको भेटमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्दिन, जनमत पार्टीका नेता शशिकपुर मियाँ, पूर्वमन्त्री करिमा बेगम, मुकेश द्ववेदीलगायतका नेताहरुको टोलीले भँटेका थिए । उनीहरुले वीरगञ्जका मेयर सिंहलाई किर्ते नागरिकतामा कारबाही गर्न माग गरे । किर्ते जालसाजी गरी जन्मदर्ता र नागरिकता बनाउन लगाएका मेयर सिंहमाथि कारबाहीका लागि झण्डै ६ महिनादेखि जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले चासो लिएको छैन ।

गृह मन्त्रालयले समेत छानबिन टोली पठाएको थियो । तर त्यो टोलीले दिएको प्रतिवेदन समेत सार्वजनिक भएको छैन । मेयर सिंहलाई जोगाउन स्थानीय प्रहरी प्रशासन लागेको आरोप लगाउँदै नेताहरुले गृह मन्त्रालयको भूमिका समेत चित्त बुझ्दो नरहेको मन्त्री लामिछाने समक्ष गुनासो पोखेका थिए ।

Comment


Related News

Latest News

Trending News