अपडेट 
२०८० चैत्र ३०, शुक्रबार ०७:२०

महोत्तरीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने मध्ये एकजना जनप्रतिनिधिसमेत रहेका छन् । पक्राउ पर्नेमा जिल्लाको भंगाहा नगरपालिका– ६ का ३२ वर्षीय कलाम अन्सारी र बर्दिवास नगरपालिका– १० का ४० वर्षीय पदम स्याङ्दन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्सारी भंगहा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता सन्तुलाल जयसवारले बर्दिबास नगरपालिका– १४ स्थित ट्राइल सेन्टरस्थित ईलाका प्रहरी कार्यालय बर्दिवासको टोलिलाई देख्ना साथ परिचय नखुलेको ३ जना पुरुषले बोकेर ल्याएको सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फालेर भागेको उनले बताए । सो बोरामा २० किलो ९७४ ग्राम लागूऔषध गाँजा बरामद भएको थियो ।

खोजतलासको क्रममा २ जनालाई पक्राउ गरी महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षकसमेत रहेका प्रवक्ता जयसवारले बताए ।

Comment


Related News

Latest News

Trending News