अपडेट 
२०८० चैत्र ३०, शुक्रबार ०७:२४

महोत्तरीको एक गाउँपालिकामा रहेको जग्गा हत्याउनका लागि अमर पँजियारले ज्यान मार्ने धम्की दिएको अञ्जना मिश्रले आरोप लगाएकी छन् ।

महोत्तरीको रामगोपालपुर गाँउपालिकास्थित लक्ष्मीपुर बस्ने अञ्जना मिश्रले जनकपुरधाम– १६ स्थित कपिलेश्वर बस्ने जग्गा व्यापारी अमर पँजियारले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाइन् । जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै पीडित मिश्रले भनिन्, ‘ अमर पँजियारले सासुको उपचारको नाममा जेठाजु र देवरको नाममा तीन करोड रुपयाँको झुठो कपाली तमसुक बनाएर लक्ष्मीपुर गाउँको ३० बिघा जग्गा हत्याउनका लागि ज्यान मार्ने, धम्की दिनेदेखि विभिन्न खाले षड्यन्त्र गरिहेको छ ।’ उनले जग्गा व्यापारीसमेत रहेका पँजियारलाई भू– माफियाको संज्ञा दिँदै पीडित मिश्रले भनिन्, ‘मैले र मेरो परिवारको कुनैपनि सदस्यले तीन करोड रुपैयाँ नै नलिए पनि जालसाजी कपाली कागजको भरमै ३० विघा जग्गामा नै अदालत मार्फत रोक्का लगाएको छ ।’ झुठो कपाली तमसुक बनाएर जग्गा मेरो नाम गरिदिन भन्दै पँजियारले पटक पटक ज्यान मार्ने धम्की दिने गरेको उनले बताइन् । स्थानीय प्रहरी समक्ष न्यायको लागि गुहार माग्दा प्रहरीले पनि कुनै वास्ता नगरेकाले आफुले पत्रकार सम्मेलन मार्फत मलाई, मेरो परिवारलाई र मेरो जग्गा बचाइदिनका लागि पत्रकारलाई गुहारेको बताइन् ।

उनले मेरो बाजे ससुर अक्षेबर सिंह र ससुर रामकिशोर सिंहको नाममा रहेको ३० विघा जग्गा हत्याउने दाउँमा रहेका पँजियारले झुठो कपाली तमकसुक बनाएर बिना कुनै कारण धनुषा जिल्ला अदालतमा मुद्दा दिएकोसमेत बताइन् ।

Comment


Related News

Latest News

Trending News