अपडेट 
२०८० चैत्र ३०, शुक्रबार १७:१५

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साकी एक बाल विकास सहजकर्ताविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।

पर्साको धोबिनी गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरमा कार्यरत बाल विकास सहजकर्ता पुनम देवी कुर्मीविरुद्ध आज मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । कुर्मीले भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर २०६६ साल असार १२ गते नियुक्ति लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबाना माग गर्दै अख्तियारले आरोप पत्र दायर गरेको छ ।

Comment


Related News

Latest News

Trending News