अपडेट 
२०८१ बैशाख १, शनिबार ०५:२१

मैथिली लोकगाथाका सर्वाधिक चर्चित र लोकप्रिय जननायक सलहेस महिसौथा (सिराहा, नेपाल)का बासिन्दा थिए । उनी पकडियागढमा राजचौकिदार थिए । देवीदुर्गाका अनन्य भक्त थिए, मल्ल युद्धमा पारङ् गत थिए । प्रायजसो प्रत्येक दिन कमलदह÷मानिकदहमा स्नान गर्दथे, राजपूmलबारीमा पूmल टिप्थे, देवीदुर्गाको पूजा–अर्चना गर्दथे र नजिकैको सिलहट अखाढामा कुश्ती खेल्दथे । एकचोटी पकडियागढकी राजकुमारी चन्द्रावती पूmलबारीमा सलहेसलाई देखेपछि मोहित भै प्रेम प्रस्ताव प्रस्तुत गर्दछिन् । सलहेस बिवाहित थिए । प्रस्ताव अस्वीकार गर्दछन् । चन्द्रावती आफ्नो बुआलाई सलहेसको चरित्र प्रति आक्षेप लगाउँदै कुरा लगाउँछिन् । सलहेस समातिन्छन् । चन्द्रावतीको सुरक्षामा खटिएका चूहडमललाई हटाएर सलहेसलाई राखिन्छ । चूडहमल आफ्नो अपमानको बदला लिन आफ्नो घर मोकामाबाट देवीदुर्गाको आशिर्वादबाट सुरुङ खन्छन् र रातीमा सुतिरहेको अवस्थामा चन्द्रावतीका सबै गरगहना चोरेर भाग्छन् । चौकिदारीमा रहेका सलहेस समातिन्छ र जेल पठाइन्छ । सलहेस प्रति आशक्ति राख्ने विराटनगर÷तरेगनागढकी चारजना राजकुमारीमध्ये दौना मालिन यो खबर सुनेपछि बढी मर्माहत हुन्छिन् र राजदरबारमा आएर कागज गरी केही समयको लागि सलहेसलाई मागी सबै गरगहना साथ चोर समाति ल्याई दिने वचन दिन्छिन् । राजा पत्यार गरी सलहेसलाई जिम्मा लगाई दिन्छिन् । दोना मालिक आपूm नटिन र सलहेसलाई नट बनाई मोकामा पुग्छिन् र आफ्नो माया जालमा चूहरलाई पारी सबै गहनासहित राजदरबारमा हाजिर गराउँछिन् । राजा प्रसन्न भै सलहेसलाई मुक्त गर्दछन् ।

गाथा प्रस्तुतिको स्वरूप–

सलहेस गाथाको प्रस्तुति दुई किसिमबाट गरिन्छ । एक गायनद्वारा र अर्को मञ्चमा प्रस्तुत गरेर । मञ्चमानाचद्वारा यसको प्रस्तुति हुन्छ । चार–पाँच रातसम्म पनि निरन्तर नाच प्रदर्शन गरेपछि पूरा गाथाको कथानक टुङ्गो लाग्छ । तर यसको वास्तविक स्वरूपको रक्षागायनमा मात्र हुन सकेको छ । आज सयौँ वर्षदेखि लोककण्ठमा सुरक्षित यो गाथा सर्वप्रथम जार्ज ग्रियर्सनद्वारा ‘क्रिष्टोमैथी’ (१८८१ ई.)मा प्रकाशित भयो र आज एक सय एकतीस वर्षपछि डा. महेन्द्रनारायण राम (साहित्य अकादमी, भारत)ले यसको पूर्ण पाठ प्रकाशित गर्न भ्याए । अन्य सङ्कलनहरू दस्तावेजको रूपमा रहे पनि जनसाधारण साधकहरूको लागि उपलब्ध छैनन् । यो लोककण्ठमा बास बस्ने भएको र गायकहरू आफ्नो कण्ठलाई रोचक र प्रभावकारी रूपमा प्रस्तुत गर्न उपकथाहरू, पात्रहरूमा अतिमानवीय विशेषताहरू थप्दै गाथाको स्वरूपमा अनेक परिवर्तन, परिबद्र्धन गरेका छन् । अनेक ठाउँमा गाथागायकहरूद्वारा गाइने गाथाको कथानकमा भिन्नता देखिएको छ । तर पनि मूलकथामा सबै ठाउँमा एउटा समानता छ– राजा सलहेस नेपालको महिसौथाको बासिन्दा थिए, पछि त्यहाँका राजा भए, जसको प्रभाव क्षेत्र उत्तरमा मोरङ देखि दक्षिणमा गङ् गासम्म विस्तार भएको थियो ।

राजा सलहेसको समय–

लोकगाथाका यी अमर पात्र सलहेस आफ्नो प्रभाव क्षेत्रमा बसेका जनताकालागि शोषण, अत्याचार र सामाजिक अराजकताको विरुद्ध निरन्तर सङ्घर्षरत थिए । सलहेसलाई दुसाध जातिको भनिन्छ । प्राचीन समयदेखि नै दुसाधहरू शूरवीर हुन्थे । त्यसैले सुरक्षाको जिम्मेवारी पाउँथे । सलहेस पनि प्रारम्भमा पहरेदार नै थिए । पछि आफ्नो सेनाको गठन गरी उत्तरतिरबाट तिब्बत र किरातहरूको आक्रमणको वीरतापूर्वक सामना गरेका थिए र आफ्नो समाजलाई स्वाभिमानीपूर्वक जिउने वातावरण दिए । लोककल्याणका चमत्कारिक काम पनि गरेको हुनाले यिनी देवताको रूपमा पूजित हुन थाले । सलहेसको समयमा जादू–टुना, तन्त्र–मन्त्रको प्रगाढ प्रयोग भैरहेको थियो । आफ्नो स्वरूप परिवर्तन गर्ने, अरूको स्वरूप परिवर्तन गरिदिने, आकाशमा उड्ने, अदृश्य हुने, पशुपंक्षी पनि मानव जस्तै बोल्ने जस्ता अलौकिक त्रियाहरू सम्पन्न हुने गरेको कारण विद्वान् को एउटा वर्ग सलहेसको समय छैठौं–सातौं शताब्दी ठान्दछन् । त्यसबेला मालिनीहरूको चर्च आएको र तिनीहरू मन्त्रमा सिद्ध भएकोले पनि यस तर्कलाई अघि बढाएका छन् । हर्षबद्र्धनको मृत्युपछि मिथिलामा आएको अराजक अवस्थाकै उपजहो सलहेस । त्यस्ता विद्वान्को मत रहेको छ । डा. मणिपद्म आफ्नो उपन्यास ‘राजा सलहेस’मा यसै मतको प्रतिपादन गर्नुभएको छ । यसै समयका नालन्दाको सेरोफेरोमा बस्ने चौरासी सिद्धहरू वास्तवमा सिद्ध तान्त्रिकहरू थिए । उनका कविता, पदहरूमा जीवनका गूढ रहस्यहरू प्रति पादित भएका छन् । तन्त्रमन्त्रको बिगबिगी त्यति बेला थियो, यो प्रामाणिक हो । तर यस मत बारे विचार गर्नु अघि त्यो सातौं–आठौं शताब्दीको समयतिर विचार गर्नुपर्ने देखिन्छ । त्यसबेला नेपालमा लिच्छवी वंशको पुनस्र्थापना भै नरेन्द्रदेव (वि.सं. ६९९–७३५) राजा थिए । उता कनौजका सम्राट हर्षबद्र्धन राज्य गर्दथे, जसको प्रभाव क्षेत्र वैशाली हुँदै नेपालको सीमासम्म रहेको इतिहासकारहरू बताउँछन् । बज्जी संघमा रहेकोले मिथिला पनि उनकै अधिनमा थियो । हर्षबद्र्धनले चीनसँग राम्रो सम्बन्ध विकसित गरेका थिए । वि.सं. ७०३ तिर वाङयुन्चेको नेतृत्वमा चिनियाँ दूत मण्डलले उपहार सामग्री साथ सम्राट हर्षबद्र्धनको दरबारमा जाने बेलामा हर्षबद्र्धनको मृत्युपछि सत्ता कब्जा गरी शासक बनेका महामन्त्री अरुणाश्वले उनीहरूलाई रोकी अपमान गरे, घोडसवार दूतहरूलाई बन्दी बनाएवा मारे । चिनियाँ मूलदूत वाङ चुन्चे भागेर नेपाल हँुदै चीन गएपछि पुनः नेपाल, तिब्बत र आसामका सेनासाथ आक्रमण गरी अरुणाश्वलाई बन्दीबनाई चीन लगे । यो ६४६– ६४७ ई. तिरको घटना हो । त्यसपछि त्यो राज्यमा अराजकताको अवस्था आयो । इतिहासकारहरू लगभग ५०–६० वर्षसम्म चीनकै निमन्त्रणामा त्यो क्षेत्र रहेको तर्क दिन्छन् । यस बीच राजा नरेन्द्रदेवको ६७९ ई.मा मृत्यु भैसके पछि कान्छा छोरा शिवदेव द्वितीय (वि.सं. ७४२–७६०) नेपालका राजा भए । राजा शिवदेवको तिब्बतसँग राम्रो सम्बन्ध थिएन । सिल्भन लेभीले सन् ७०२ मा राजा शिवदेव द्वितीयले तिब्बतमाथि आक्रमण गरेको उल्लेख गरेका छन् । चिनियाँ वृतान्तमा सन् ७०४– ५ मा नेपालले आक्रमण गर्दा तिब्बतका राजा मारिएको भनिएको छ । भनिन्छ त्यसपछि पुनः यो क्षेत्र स्वतन्त्र भएको र स–साना राज्यहरूमा सङ्गठित भै आफ्नो अस्तित्व जोगाई राख्यो । उनी दुसाध जातिका थिए । जबकि लिच्छवीकालीन समाजमा “चार वर्ण र अठार जात”को प्रसङ्ग आएको छ, जसमा किरात, कोली, मल्ल, वृजिक, लिच्छवी, गुप्त, शाक्य आदि आज पूर्णतःलोप भैसकेका छन् । तर त्यतिबेला दुसाध भनि कुनै जातको अस्तिŒव देखिएन । त्यसपछिको इतिहास मध्यकालको पूर्वसम्म अर्थात् ९०० ई.सम्म अँध्यारोमा रहेको देखिन्छ । मिथिलाको यस्तो राजनीतिक अवस्थामा सलहेसको उदय भएको उपयुक्त देखिँदैन । सलहेसको समय सन्दर्भमा अझ केहीमतहरू आएका छन् । मिथिलामा व्याप्त अराजकता पछि कर्णाट शासनको प्रारम्भ (वि.सं. ११५४) हुँदा फेरि यो क्षेत्र एउटा सङ्गठित र सुशासित शासनाधीन हुनआयो । भनिन्छ यसै अवधिमा लोकनायक सलहेसको जन्म र व्यक्तित्व विकास भएको हो । गिद्वौर (भारत)का राजा इन्द्रद्युम्नको पलायन पछि त्यसका सेनापति हरबा–बरेवाले सत्तामा बसे, जो दुसाधवंशी राजा भए । यसका राजाहरू ११९८ ई. देखि १२६६ ई.सम्म ६८ वर्ष राज्य गरे । तेह्रौं शताब्दीसम्म जाति व्यवस्थाको स्वरूप स्पष्ट भैसकेको थियो । सलहेस सम्बन्धमा कनिंधम र गैरिकले पनि लेखेका छन् । उनको भनाईमा हरबा–बरबा सलहेसका साथी थिए, जो लोरिकसँग लडेर परास्त भएका थिए । यद्यपि सलहेस बारेमा यिनीहरूको कथननिकै अन्तर साथ प्रस्तुत भएको छ । तर यिनले पनि मोतिहारी (भारत) बाट ५ माइलउत्तर–पूर्वमा बूढी गंडकको उत्तरी छेउमा नौनाचोरगढ भनेको पुरानो किल्ला रहेको र यो दुसाध राजा नोनाचौरको हो भनी लेखेका छन् । यसरी यो सिद्ध हुन्छ बाह्रौं–तेह्रौं शताब्दी तिर दुसाध जाति शासक कबिलाको रूपमा स्थापित भैसकेको थियो । अब नान्यदेवको कर्णाट शासनतिर ध्यानदिउँ । ११९७ ई. मा उनी कर्णाट शासनको प्रारम्भ गरे । मिथिला पुनःआफ्नो जीवन्तता प्राप्त गर्न थाले । कर्णाट शासक रामसिंह देव (१२२७ ई.– १२७२ ई.) सम्म आउँदा आउँदै स्थानीय स्तरमा ग्राम प्रमुखको व्यवस्था गरिएको कुरा देखिन्छ । स–साना गाउँहरू मिलाएर एउटा समूहको गठन गरी त्यसको सुरक्षा जिम्मा दिने प्रचलन थियो । यसरी तथ्यहरू हेर्दा राजा राम सिंहकै पालामा सलहेसको उदय भएको र उनी ग्राम रक्षक हुँदै तत्कालीन पकडियागढ राज्यका सुरक्षा प्रमुख (चौकिदार) भएका थिए । गाथागायकहरू राजा सलहेसलाई आफ्नो सौर्य– वीरताले गर्दा महिसौथा राज्यको राजासम्म भएको वर्णन गर्ने गरेका छन् । यो समय बढी समीचीन देखिन्छ । एउटा अर्को मतमा कर्णाट राजा हरिसिंह देवको समयमा मैथिली भाषाको प्रथम गद्यग्रन्थ ‘वर्णरत्नाकर’को रचना ज्योतिरीश्वर ठाकुरले १३२४ ई. तिर गरेका थिए । उक्त ग्रन्थमा ‘लोरिकनाच’को चर्च छ तर सलहेसको चर्च भएको छैन । त्यसैले सलहेस त्यसपछि चौधौं शताब्दीको अन्त्य वा पन्ध्रौं शताब्दीको शुरूमा भएको हुन सक्ने अनुमान गरिएको छ । तर त्यतिबेला राजदरबारमा संस्कृत पण्डितहरूको बर्चश्व रहेकोले दुसाध जस्ता तल्ला जातका नायक व्यक्तित्व बारे लेख्न आवश्यक नठानेको हुन सक्तछन् । किनभने आजका मितिमा पनि १८८१ ई. मा जार्ज ग्रियर्सनले सलहेस गाथालाई लिपिबद्ध नगरेको भए कोही शास्त्रीय लेखकहरू (शिष्ट साहित्यका प्रणेताहरू !) लेख्ने थिएनन् । त्यति मात्र नभै आजसम्मको एक सय एकतीस वर्ष भित्र पनि एक जना डा. महेन्द्रनारायण राम (सहलेसका स्वजातीय) बाहेक कसैले पनि सलहेस गाथाको उद्धार गरी लिपिबद्ध गर्ने साहस देखाउनु भएको छैन । त्यस्तै नेपालका पुरातŒवविद् तारानन्द मिश्र सलहेस गाथामा आएको महेश्वर भण्डरीको चर्चाको ऐतिहासिक साक्ष्यको आधारमा पृथ्वीनारायण शाहको समयसम्म ल्याउँदै सलहेस गाथालाई शाहकालको मध्यभाग वि.सं. १८३० (ई.सं. १७७९) मा हुने तथ्य निरुपण गरेका छन् । लगभग एक सय वर्षपछि जार्ज ग्रियर्सन सलहेस गाथाको प्रसङ्ग छापे र उनीे दुसाध जातिद्वारा यसको पुज्ने गरेको कुरा पनिभने । पचास–सय वर्षसम्म अभ्यन्तरमा उनी महानायकबाट देवतासम्म हुन पुग्दछन् । त्यो त्यति सम्भव लाग्दैन । त्यसले गर्दा पनियसमा बढी विश्वस्त हुन सकिँदैन ।

उपसंहार–

मैथिली लोकगाथामा सलहेसको स्थान यसकारण पनि विशिष्ट रहेको छ कि यसको प्रचार–प्रसार निकै विस्तृत भूभागमा पैmलिएको छ र यस गाथामा वर्णित स्थानहरू आजसम्म पनि वर्तमान रहेका छन् । यस्ता स्थानहरूमा महिसौथा (सलहेसको जन्म स्थान), सलहेस पूmलबारी (राजापूmलबारी, जहाँ सलहेस पूजा गर्न पूmल टिप्थे), मनिकदह (जहाँ सलहेस नित्यनुहाउँथे), पकडियागढ (जहाँको दरबारमा सलहेस चौकिदार थिए), कमलदह (जहाँ परीद्वारा सलहेसलाई जन्मदिई छाडिएको विश्वास गरिन्छ), त्रिवेणी (कमला, बैजनी र ताउखोलाको संगममा प्रत्येक वर्ष मेला लाग्ने ठाउँ), जहाँ सलहेसकी बहिनी वनसप्ती सतखोलियाका राजा शैनि प्रति मुग्धभई पछि बिहे गरेकी), ननमहरी (यहाँ रहेको मन्दिरमा सामान्य व्यक्तिको प्रवेशमा लागेको प्रतिबन्ध सलहेसले फुकुवा गराएका थिए), मोरङ (गाथामा हिन्दु पति महेश्वर भण्डारीको राजधानी जसकी चारवटी छोरी मालिन सलहेससँग आजीवन प्रेम गर्दै कुमारी बसिन्) बराटपुर (मधुबनी जिल्लाको बासोपट्टि निर अवस्थित स्थान, राजा सलहेसको ससुराली), सिलहट अखाढा (सलहेस कुश्ती खेल्ने अखाढा) आदि ठाउँहरू महिसौथा नजिक नै छन् । अधिकांश सिराहा जिल्लामा पर्दछन् ।

राष्ट्रिय विभूति

गाथाको बनौट र जननायक सलहेसको अवस्थिति, तिब्बत र किरातसँगको युद्धमा प्रदर्शित गरिएको बहादुरी जस्ता प्रसङ्गले पनि लोक नायक राजा सलहेसलाई नेपालको राष्ट्रिय विभूतिको रूपमा स्वीकार गर्नु पर्दछ । सिराहा जिल्लामा रहेका सलहेस सम्बन्धित स्थलहरूको संरक्षण–सम्बद्र्धन गर्नुपर्दछ । शुरूमा एउटा सामान्य सुरक्षा अधिकारी (चौकिदार, राज्यप्रहरी)बाट आफ्नो जीवनयात्रा शुरू गरेर नेपाल–भारतको मैथिली भाषी क्षेत्रमा ‘रोबिनहुड’ जस्तो कृतित्व–व्यक्तित्व स्थापित गरी दुसाध जातिमा देउताको रूपमा पूजित हुन पुग्नु सामान्य कुरा होइन । जार्ज ग्रियर्सनले लेखे जस्तै–”Throughout Tirhut Salhesa shtans can be seen under the village Pipal tree, composed of a raised mud platform surmounted by mounted figures made of clay, representing the various chapectors of
the song”निकै लामो समयदेखि समाजको लोककण्ठमा बास बस्दै आएको सहलेसको कथाले सम्पूर्ण समाजलाई प्रभावित पार्दै जानु, दुसाधहरू देवताको रूपमा स्वीकार गर्नसक्नु यस लोकगाथाको प्राचीनता, विश्वसनीयता र अन्ततः ऐतिहासक प्रमाणित गर्दछ । वर्ण व्यवस्थाको प्रारम्भिक दौरमा समाजमा शोषित, गुलाम, दास बनाउने प्रवृत्ति, सामन्तहरूको अत्याचार, जनपदीय राजाहरूको धन, प्रतिष्ठाको लालशाले निरन्तर एक–अर्कामाथि आक्रमणको सिलसिलामध्ये आफ्नो दलित, शोषित समाजको लागि सौर्य र तेजद्वारा नयाँ वातावरणको निर्माण गर्नसक्नु नै राजा सलहेसको व्यक्तित्वको उचाईलाई परिभािषत गर्दछ । तत्कालीन पकडियागढमा अराजकता व्याप्त थियो । दक्षिणतिरबाट सामन्त चूहडमलको दबाब थियो भने पश्चिमतिरबाट नारायण पहलमानको आतङ्क । चूहरलाई पकडियागढ माथि आक्रमण गरेर श्रीसम्पत्ति लुट्नुको अतिरिक्त राजा र राजकुमारीलाई अपमानित गर्नु थियो भने नारायण पहलमान नन्दमहरी (अहिले ननमहरी) पहाडी क्षेत्रमा स्थित अत्यन्त सम्पन्न शिव मन्दिरमा कर लगाई दर्शालुहरूलाई आर्थिक शोषण गर्दै थिए । त्यस्तो अवस्थामा सलहेस आफ्नो सुरक्षाबलको निर्माण गरी पकडियागढमा राजा समेतको सहयोगमा उता चूहडमललाई परास्त गरे भने यता नारायण पहलवानलाई कुश्तीमा हराई अधिनता स्वीकार गराई शिवमन्दिर आमजनताको लागि खुल्ला गरे । यस्ता लोकोपकारी कामहरूले गर्दा नै सलहेस जनमानसमा क्रमशः बस्दै गएका थिए । हामीले आज ओझेलमा पर्न थालेका यस्ता चरित्रको गायनलाई संरक्षित गर्नैपर्ने हुन्छ, लोक गायकहरूलाई सम्मान पनि गर्नुपर्दछ । यिनीहरू जिवित रहे भने हाम्रा लोकगाथाहरू पनि जिवित रहनेछन् । लोकगाथा बाँचे भने हाम्रो इतिहास, प्राचीन संस्कृति पनि बाँचि रहनेछ ।

सन्दर्भ सामग्री लेखकद्वारा स्वयं प्रज्ञा –प्रतिष्ठानमा हुंदा चार रात सम्म विभागीय प्रयोजनको लागि नाचको फिल्माङ्कन गराइएको छ । २रामचन्द्र पासवान– ऐतिहासिक पुरुष राजा सलहेस (राजा सलहेस : साहित्यओ संस्कृति, संपादक :डा. प्रफुल्लकुमार मौन, डा. रामप्रताप निरज, प्रकाशक– नमिताप्रकाशन, मुजफ्परपुर, पृ. ४५ । ३ए. कनिंधम र एच. बी. डब्लू. गैरिक, रिपोर्टस् आन टुअर्स इन नोर्थ एंड साउथ विहार इन १८८०– ८१ । आर्कियोलोजिकल सर्भे अप्m इंडिया, खंड ह्ख्क्ष्, इंडोलोजिकल बुक हाउस, पृ. २६ । तारानन्द मिश्र ः सलहेस गीति–नाट्य ….. । आँगन–४, सम्पादक– रामभरोस कापडि ‘भ्रमर’, नेपाल प्रज्ञा–प्रतिष्ठान, २०६९ । पृ. ४६ ।

G.A. Grierson- Maithi Chrestomathy and
Vacabulary. 1881 AD.

Comment


Related News

Latest News

Trending News