अपडेट 
२०८१ बैशाख २, आईतवार ०७:०५

सामाजिक सञ्जालबाट प्रेम सम्बन्धमा पारी १७ वर्षीया नेपाली नाबालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा एक युवकलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ ।

वीरगञ्जको सीमावर्ती क्षेत्र रक्सौलबाट प्रहरीले पर्सा जगरनाथपुर गाउपालिका पाँडेपुरका २७ वर्षीय मोहम्मद मञ्जुर आलम खानलाई पक्राउ गरेको छ । खानलाई भारतको मानव तस्कर रोधी इकाई (क्षेत्रक मुख्यालय) बेतिया कार्यालय ४७ औं बाहिनी सशस्त्र सीमा बल रक्सौल पूर्वी चम्पारण बिहारले ‘ मिसन निर्भया’ अन्तर्गत शुक्रबार सीमाबाट पक्राउ गरेको हो ।

भारतीय सुरक्षा फौज एसएसबीका इन्स्पेक्टर मनोज कुमार शर्मालाई प्राप्त सूचना अनुसार नेपाल भारत मैत्री पुलमा आवश्यक सर्तकता अपनाइएपछि खानलाई ती नाबालिका सहित नियन्त्रणमा लिन सफलता मिलेको छ । माइती नेपाल वीरगञ्ज आवधिक गृहको सहजीकरण पछि आरोपित खान र ती बालिका दुवैसँग बयान लिइएको थियो ।

बयान अघि दुबैले आफूहरु पति पत्नी रहेको बताए पनि बयानको क्रममा भने १७ वर्षीय नाबालिकाले सामाजिक सञ्जालबाट प्रेम सम्बन्ध परेपछि खानले विवाह गर्ने भनि आफूलाई भारततर्फ लैजान खोजेको बताइन् । बयानको क्रममा खानको पहिलो पत्नीसंग सम्बन्ध बिच्छेद भइ सकेको र दोश्रो विवाह तय भइकेको छ । हाल तेश्री नाबालिकालाई पनि उनले विवाह गर्ने बताउँदै भारततर्फ लग्न खोजेको पाइएको इन्सपेक्टर शर्माले बताए ।

Comment


Related News

Latest News

Trending News