अपडेट 
२०८१ बैशाख २, आईतवार १२:०४

नेपाली बजारमा वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन शुक्रबार छापावाल सुन १ लाख ३९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले घटेर तोलाको १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी तोलाको १७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News