अपडेट 
२०८१ बैशाख ४, मंगलवार ०७:२१

नेपाल एथलेटिक्स संघ मधेसका संयोजक दिपेन्द्र कुमार गोइतले आफूसंग मधेसका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहले दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।

चैत ३० गतेदेखि वैशाख २ गतेसम्म जनकपुरधाममा आयोजना गरिएको एथलेटिक्स प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री साहले आफूसंग दुव्र्यवहार गरेको आरोप लगाएका हुन् ।

गोइतले एक पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री साहले बिना कारण आफूमाथी दुव्र्यवहार गरेको आरोप लगाए । उनले भने ‘एथलेटिक्स प्रतियोगिताको समापन समारोह चलिरहेको थियो, समापन समारोहको प्रमुख अतिथि मन्त्रीजी नै हुनु हुन्थ्यो उहाँलाई नमस्कार गर्ने बित्तिकै मलाई त किन यहाँ आईस यहाँबाट गई हाल नभए जुत्ता निकालेर पिट्छु भनेर धम्काउनु भयो ।’

गोइतले खेल र खेल भावनाको विषयमा थोरै पनि जानकारी नरहेको यस्ता मन्त्री राख्नुको कुनै औचित्य नरहेको बताए ।

यता मन्त्री साहले आफूले कुनै किसिमको दुव्र्यवहार नगरेको बताएकी छन् । प्रतियोगितामा खलल पुर्याउने गरी कृयाकलाप गरेकाले नै आफूले यहाँ किन आको मात्रै भनेको उनले बताइन् ।

Comment


Related News

Latest News

Trending News