अपडेट 
२०८१ बैशाख ५, बुधबार ०७:२८

जनकपुरधामको प्रसिद्ध नीजि विद्यालय अक्षर विद्या मन्दिरले विश्वको टप अक्सफोर्ड विश्वविद्यालयको सिकाई पद्धती लागु गर्ने भएको छ ।

विद्यालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस शैक्षिक वर्षदेखि कक्षा १ देखि ५ सम्म अक्सफोर्ड विश्वविद्यालय प्रेसले विद्यालय स्तरकोलागि तयार पारेको शिक्षण सिकाई पद्धति लागु गर्ने भएको हो ।

विद्यालयका अध्यक्ष पंकज जलानका अनुसार अक्सफोर्ड विश्वविद्यालय स्तरको लागि तयार पारेको शिक्षण सिकाई पद्धतिमा शुरुदेखि नै कक्षाकोठाको सिकाईलाई आनन्दीत बनाउने गरेको र यस्तो कक्षाकोठा संस्कृतिको वातावरण सृजन ागर्ने र विद्यार्थीलाई एउटा असल नागरिक वन्न प्रोत्साहन गर्नुको साथै जीवनपर्यन्त सिक्ने सिपको विकास गर्दछ ।

यस पद्धतिले विद्यार्थीहरुको व्यक्तिगत,क्यारियर र शैक्षिक सफलताको लागि बलियो आधार निमार्ण गर्ने अध्यक्ष जलानको विश्वास रहेको छ । शिक्षण सिकाई पद्धति वेलविइगं,इंग्लीस,मे थ,कम्पयुटिंग,साइन्स र ग्लो बल स्किल प्रोजेक्ट विषयमा आधाििरत रहने तथा यस पद्धतिमा विद्यार्थीहरुलाई घोकाउने नभएर प्रोजेक्टहरुको माधयमबाट बुझने गरि अध्यन गराईने जानकारि गराए ।

विश्वविद्यालय प्रेसले नियमित रुपमा अक्षरका शिक्षकहरुलाई प्रशिक्षण दिने र सोही आधारमा शिक्षकहरुले विद्यार्थीहरुलाई अध्यन अध्यापन गराउने जलानले जानकारि दिए । अक्षर विद्यालयले प्रयोग गर्न लागे को पद्धति नेपालमै पहिलो रहेको अध्यक्ष जलानले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News