अपडेट 
२०८१ बैशाख ६, बिहीबार ०७:४७

कोशी प्रदेशको राजधानी विराटनगरमा बुधवार दुई समुदायबीच झडप हुँदा हुँदा प्रहरीले बल प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिनु परेको बताइएको छ ।

विराटनगर महानगरपालिकाको मिल्स क्षेत्रमा एउटा समूहले रामनवमीको ¥याली गर्नेक्रममा अर्को समुदायले अबरोध गरेपछि झडप भएको थियो । ¥यालीको क्रममा प्रहरीसँग झडपको स्थिति बनेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनाएका छन् । ¥याली निकालेको उक्त समूह अनुमति नभएको ठाउँमा प्रवेश गर्न खोजेको बताउँदै प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, त्यस ठाउँमा अर्को समूहले अवरोध सिर्जना गर्न सक्ने सूचनापछि प्रशासनले त्यहाँ जान अनुमति नदिएको हो ।

अनुमति नभएको ठाउँमा जान दिँदा थप तनाव उत्पन्न हुनसक्ने सम्भावनालाई न्यून गर्न प्रहरीले उनीहरूलाई रोकेको थियो । त्यसरी रोक लगाउँदा प्रहरीसँग धकेलाधकेल गर्न थालेपछि बल प्रयोग गरेको प्रजिअ भट्टाराईले बताए । ‘बल प्रयोग गर्नेक्रममा प्रहरीले एक–दुई राउण्ड हवाई फायर गरेको छ’ उनले भने, त्यसबाहेक अश्रुग्यास २७ राउण्ड प्रहार गरेको छ । ‘रोक लगाइएको ठाउँमा ¥याली पुगेको भए थप क्षति हुनसक्थ्यो’ भट्टराईले भने, अहिलेलाई त्यो दुर्घटना टरेको छ ।’ झडपको क्रममा नेपाल प्रहरीतर्फ ६ जना घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि नजिकैको स्वास्थ्य संस्था पठाइएको उनले बताए ।

समान्य उपचारपछि सुरक्षाकर्मीहरु फर्केका छन् ।

Comment


Related News

Latest News

Trending News