अपडेट 
२०८१ बैशाख ७, शुक्रबार ०७:४५

जनकपुरधाममा जलिरहेको अवस्थामा प्रहरीले शंकाष्पद शव बरामद गरेको छ ।

जनकपुरधाम उपमहानगपालिका– १६ स्थित रेल्वे लिक नजिक पोखरी डिलमा साँझ ८ बजेतर्फ २५ वर्षीया प्रियंका महतोको शव जलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । उनीसंगै १४ महिनाकी माही महतोलाई जिउँदै अवस्थामा जलाइरहँदा धनुषा प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा बिहीबार मृत्यु भएको धनुषा प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक रञ्जन आवेले जानकारी दिए ।

महोत्तरीको मनरासिस्वा नगरपालिका– २ स्थित इटहर्वाका सुमित महतोकी श्रीमति प्रियंका महतोको र उनकी छोरी १४ महिनाकी माही जलेको अवस्थामा धनुषा प्रहरीले नियन्त्रणमा लिएको थियो । महोत्तरीको पिपरा गाउँपालिका– १ स्थित ढेकहा माइतीमा प्रियंका बैशाख १ गते नै ससुरालीबाट माइत आएकी थिइन् ।

माइत जाने क्रममा प्रियंकाले सुमितलाई बिरामी छु भनेर छोरीसहित ससुरालीबाट निस्केकी थिइन् । तर उनी माइतबाट ससुरालीमा बैशाख ५ गते नपुगेपछि उनको सोधखोज गरिएको थियो । तर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रियंका माइत जाँदैछु भनेर निस्के पनि उनी परपुरुषसंग लहसिएको देखा परेको स्रोतले जनाएको छ ।

उनी पिपरा गाउँपालिकास्थित ढेकहा बस्ने रामसागर महतोसंग विशेष सम्पर्कमा रहेको देखिएको छ भने मोबाइल कल डिटेल्सको आधारमा प्रहरीले सोधखोज गरिरहेको जनाएको छ ।

यता घटनामा शंकास्पद देखिएका रामसागर महतो भने फरार भएका छन् । सोधखोजका लागि उनको घरमा पुग्दा उनी फरार भएको धनुषा प्रहरीले जनाएको छ । यता प्रियंका र माहीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको छ भने सो घटनासम्बन्धी थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News