अपडेट 
२०८१ बैशाख ७, शुक्रबार १०:३०

आफ्नै साथीको हत्यामा संलग्न अर्का एक भारतिय युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्ला सोनबर्षा थाना ग्राम पञ्चायत पुरनदहा राजवडा पश्चिम ५ बस्ने २७ वर्षीय रञ्जितकुमार बैठा छन् ।

४ साउन २०८० मा सर्लाही हरिवन नगरपालिका लखन्देही पुल मुनि टाउको फेला परेका भारतको बिहार राज्य सितामढी जिल्ला पुरौना भिलेज पोष्ट थाना मनियारी ५ बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राजको हत्या अभियोगमा फरार रहेका बैठालाई पक्राउ गरेको हो ।

घटना पश्चात फरार रहेका बैठालाई खोज तलासको क्रममा गत वैशाख ४ गते राति ११ बजेको समयमा सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखकालीस्थित लागेको महायज्ञ मेलामा घुमिरहेको अवस्थामा पक्राउ गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News