अपडेट 
२०८१ बैशाख ९, आईतवार ०७:०७

बर्दिबास ३ स्थित रातु खोलाको तटवर्ती क्षेत्रमा सिंचाई कुलो निर्माण हुने भएको छ ।

मधेश प्रदेश सिंचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण हुने कुलोको वडाध्यक्ष विराट विस्टले किसानको सहभागितामा शिलान्यास गरे । लामो प्रतिक्षापछि रातुको पश्चिमी तटमा पक्की कुलो बन्ने सुनिश्चित भएपछि यहाँका किसानमा खुसियाली छाएको छ ।

बर्दिबास ३ निवासी तथा किसान महासंघका केन्द्रीय सदस्य ललित बुढाथोकीका अनुसार रातुको पश्चिमी तटमा १५० किसान परिवारका ९६ बिघा जग्गा छन् । पक्की कुलो नहुँदा छेउबाटै बगेर जाने पानीलाई सिंचाईका लागि उपयोग गर्न समस्या थियो । किसानले अस्थायी बाँध बाँधेर जसोतसो काम चलाए पनि त्यो भरपर्दो र टिकाउ थिएन ।

पटक पटक बाँध भत्कने समस्याले किसान हैरान थिए । पक्की कुलो निर्माण हुने भएपछि सिंचाई समस्या सदाका लागि टरेर जाने अपेक्षा जगाएको बुढाथोकीले जनाए । उक्त कुलोको अध्यक्ष तथा पुराना कृषक देवीप्रसाद देवकोटाकाअनुसार पक्की कुलो यहाँका किसानको पुरानो सपना थियो ।

किसानले लामो समयदेखि यसको आवश्यकता औंल्याउदै आए पनि यसअघि कसैले सुनुवाइ नगरेको उनले विगत सम्झे । वडाध्यक्ष विराट विस्टले रातुको पश्चिमी तटका जग्गामा सिंचाईका लागि कुलो बन्न लागेको बताए । उपासना कंट्रकसनले आठ करोडमा ठेक्कासमेत सकार गरिसकेकोले निर्धारित समयमै निर्माण सम्पन्न हुने प्रकृया अघि बढाइएको वडाध्यक्ष विस्टले बताए ।

Comment


Related News

Latest News

Trending News