अपडेट 
२०८१ बैशाख ९, आईतवार १६:२८

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ।

सरकार गठन गर्दा दुइवटा मन्त्री पार्टीलाई दिने सहमति गरेपनी मुख्यमन्त्री जोखबहादुर महराले एउटा मात्र मन्त्री दिएपछि असन्तुष्ट रहेको जसपा सरकारबाट बाहिरिएको हो।

सरकारबाट बाहिरिएपनी सरकारलाई दिएको समर्थन भने यथावत नै रहेको जसपाले जनाएको छ।

जसपाका संसदीय दलका नेता समेत रहेका कृषी तथा भूमी व्यवस्थामन्त्री भण्डारीलाल अहिरले राजिनामा दिइसकेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए।

नेकपा माओवादीका नेताहरु सँग जनता समाजवादीलाई २ जना मन्त्री दिनेसहमतिगरेकोमा त्यस विपरीत मुख्यमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्दा अपमानजनक व्यवहार गरेकोले सरकारबाट बाहिरिएको यादवले बताए।

लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन्।

´हामीलाई अपमान गरियो, सहमति कार्यान्वयन गरिएन। हामी सरकारबाट बाहिरिएका छौंसहमतिकार्यान्वयन भए सरकारमा सहभागी हुन्छौं,` अध्यक्ष यादवले भने।

गएको चैत २२ गते सत्तासाझेदार दलहरुबीच जनता समाजवादी पार्टीलाई सहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमी व्यवस्था मन्त्रालय दिनेगरी सहमति भएको थियो।

उक्त सहमतिमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं मुख्यमन्त्री जोख बहादुर महरा, एमाले संसदीय दलका नेता लिला गिरी, जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर, एकिकृत समाजवादीका संसदीय दलका नेता भगवती अधिकारी र नवलपरासीबाट जितेका स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले हस्ताक्षर गरेका थिए।

Comment


Related News

Latest News

Trending News