अपडेट 
२०८१ बैशाख १२, बुधबार ०६:१०

महोत्तरीको पिपरा गाउँपालिका–३ घर भएका ३१ वर्षीय हितेन्द्र पासवान ४ दिनदेखी परिवारको सम्पर्कमा थिएनन् । परिवारका सदस्यहरू उनको खोजीमा निस्किए । धनुषाको जनकपुरस्थित होटलहरुमा खोज्दै जाँदा रामानन्द चोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउस सञ्चालकले भने,‘यहाँ दुईजना महिला पुरुष ४ दिनदेखि बसिरहेका छन् ।’ परिवारका सदस्यहरूले कोठा नम्बर २०५ मा पुगेर ढोका ढकढक्याए । भित्रबाट बच्चा रोएको आवाज आइरह्यो तर, ढोका खुलेन् ।

होटल सञ्चालकले प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवा भन्छन्,‘हामी गएर अर्को बाटोबाट हेर्दा दुईजना झुण्डिरहेको देख्यौँ ।’ कोठाभित्र हितेन्द्र र पिपरा माइतिघर भएकी २५ वर्षीया प्रियंका कापर झुण्डिरहेका थिए । सिलिङमा रहेको डण्डीमा सलको पासो लगाएर दुवैजना झुण्डिएको डीएसपी अवाले बताए । उनी भन्छन्,‘घटनास्थलमा भेटिएकी बालिका मृतक प्रियंकाको रहेको थाहा भएको छ ।’ साढे २ वर्षीया बालिका लिएर प्रियङ्का हितेन्द्र सँगै होटलमा गएकी थिइन् ।

प्रियंकाको विवाह महोत्तरीको लोहारपट्टि नगरपालिका–४ स्थित खुट्टामा भएको थियो । मृतक दुवैजना विवाहित छन् । विवाहेत्तर सम्बन्धका कारण उनीहरूको दुखान्त भएको प्रहरीको प्रारम्भिकक अनुसन्धानको निष्कर्ष छ । दुवै परिवार घटनास्थलमा पुगेका थिए ।शव पोष्टमार्टमका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

Comment


Related News

Latest News

Trending News