अपडेट 
२०८१ बैशाख १३, बिहीबार ०७:१४

बारामा चर्को आवाजमा डिजे बजाएको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको कलैया स्थित गएराति चर्को आवाजमा डिजे बजाउने दुई जनालाई साउण्ड सिस्टमसहित प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । कलैया उप–महानगरपालिका कलैया बजार एरियामा ध्वनि प्रदूषण हुनेगरी चर्को आवाजमा डिजे बजाउँदै रहेको अवस्थामा गए राति ९ बजे बजरंग डिजे बडकी फुलबरीयाका दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उप– महानगरपालिका १० का २५ वर्षीय नागिन्द्र राय भट्ट र देवताल गाउँपालिका १ का ५० वर्षीय जयराम सिंह रहेका बारा प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । चर्को आवाजमा डीजे बजाउँदा मानव स्वास्थ्य माथि नकारात्मक प्रभाव पर्ने भएकाले बारा प्रहरीले पटक पटक त्यस्तो नगर्न गरेको सूचनाको बेवास्ता गर्दा उनीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News