अपडेट 
२०८१ बैशाख १३, बिहीबार ०७:२४

सप्तरीको सुरुंगा नगरपालिकाको कडरबोनाबाट अपहरणमा परेका उदयपुरका एक जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

धनुषाको मिथिला नगरपालिका– ६ बाट अपहरणमा परेका उदयपुरको कटारी नगरपालिका– १० का लालबहादुर थापा मगरलाई सप्तरी प्रहरीले मंगलबार साँझ उद्धार गरेको थियो । उनी सोही दिन अपहरणमा परेका थिए । अपहरितको परिवारजनले धनुषा प्रहरीलाई खबर गरे लगत्तै खोजतलास गर्ने क्रममा मगरलाई सप्तरी प्रहरीले मंगलबार साँझ ५ बजेको समयमा उद्धार गर्न सफल भएको सप्तरी प्रहरीका प्रहरी उपरीक्षक गजुसिध्दी बज्राचार्यले बताए । उनले मगरलाई एक समूहले चार पांग्रे गाडीमा राखेर सप्तरीतर्फ ल्याएको जानकारी पाउनसाथ खोजतलास गर्ने क्रममा कडरबोनाबाट गाडीलाई रोकेर अपहरणकारीसहितलाई नियन्त्रणमा लिएको बताए । उनका अनुसार गाडीसहित अपहरणमा संलग्न ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सप्तरीको सप्तकोशी नगरपालिका– १ का जयकुमार तामाङ, सोही स्थानका मनिश विश्वकर्मा, उमेश विश्वकर्मा तथा सिराहाको गोलबजार नगरपालिका ६ का शंकर लामा र वडा– २ का अरुण कुमार लामा रहेको उनले बताए । घटनामा संलग्न उनीहरूसहित मगरलाई मंगलबार नै धनुषा प्रहरीको जिम्मा लगाइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए । वैदेशिक रोजगारी सम्बन्धी लेनदेनको विवाद पछि मगरलाई अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News