अपडेट 
२०८१ बैशाख १३, बिहीबार १४:४८

पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ नम्बरको मोटरसाइकलमा सवार अर्जुन पटेलको मृत्यु भएको हो । उनको नाम पहिचान भएपनि ठेगाना पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका उनको थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । वीरगन्जबाट सुख्खा बन्दगाहतबाट आइरहेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आइरहेको सो मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।

दुइवटै मोटरसाइकलमा सवार अन्य तीन जना भने खत्तरामुक्त रहेको र उनीहरुको अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता थापाले बताए । दुर्घटनामा परेका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिमा मोरटसाइकल चलाइएकोले दुर्घटना भएको हुनसक्ने आकलन प्रहरीले गरेको छ ।

 

Comment


Related News

Latest News

Trending News