अपडेट 
२०८१ बैशाख १४, शुक्रबार ०७:०२

सपोर्ट नेपालले महोत्तरीको मटिहानी नगरपालिकामा आगलागी पीडितहरुलाई राहत वितरण गरेको छ ।

मटिहानी नगरपालिका वडा नं ६ स्थित जरलहवा वस्तीमा आगलागीबाट पीडित सयभन्दा बढी परिवारलाई राहत वितरण गरिएको हो । सपोर्ट नेपालले झुल, तन्ना, गम्छा, साबुन, सेनिटरी प्याड, मन्जन , ब्रस, ग्लुकोज, विस्कुट नुन लगायतका राहत सामाग्री वितरण गरेको हो । राहत वितरणमा मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल, नगरपालिकाका वडा अध्यक्षहरु, सपोर्ट नेपालका अध्यक्ष रोशना खड् का कर्ण लगायतको उपस्थिति रहेको थियो । बुधबार मटिहानी नगरपालिका वडा नं। ६ स्थित जरलहवा गाछीमा रहेको स्तीमा भएको आगलागीमा डेढसय भन्दा बढी घर जलेर नष्ट भएका थिए ।

Comment


Related News

Latest News

Trending News