अपडेट 
२०८१ बैशाख १५, शनिबार ०७:५३

सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् ।

सखुवा ननकारकटी गाउँपालिका–५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरिताकुमारी साहले आफ्नो पाँच वर्षीय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ । गत बैशाख ११ गते बिहानबाट बालक आयुष फेला नपरिरहेको सूचनापछि सिरहा प्रहरीले उनलाई खोजतालस सुरु गरेको थियो । अनुन्धानमा जुटेको प्रहरीले सरिता बस्दै आएको कोठाको पलङ भित्रको घर्रामा मृत अवस्थामा बालकको शव फेला परेको थियो ।

प्रहरी नियन्त्रणमा रहेकी सरिताले आफ्नो छोराको हत्या गरेको स्वीकार गरेको सिरहा प्रहरीले जनाएको छ । हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News