अपडेट 
२०८१ बैशाख १५, शनिबार १८:०२

जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका बारेमा टुङ्गो लगाउन कार्यदलले पेश गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका परिमार्जन सहित पारित गरेको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुने उहाले बताउनुभयो । त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रबाट दुई सय सदस्य बराबर एक प्रतिनिधि हुने गरि निर्देशिका पारित गरिएको प्रवक्ता सुमनले जानकारी दिनुभयो । उहाले जसपाको पहिलो महाधिवेशनले ७० प्रतिशत केन्द्रीय पदाधिकारी खुल्ला प्रतिष्पर्धाबाट र ३० प्रतिशत समावेशी प्रतिष्पर्धाबाट चयन गर्ने बताउनुभयो ।

जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।

Comment


Related News

Latest News

Trending News