अपडेट 
२०८१ बैशाख १६, आईतवार ०७:४०

महोत्तरीको मटिहानीस्थित जरलहवामा भएको आगलागी पीडितहरुलाई धनुषाका सशस्त्र प्रहरीले राहत वितरणसंगै सामूहिक भोजनसमेत गराएको छ ।

महोत्तरी मटिहानी– ६ स्थित जरलहवामा भएको आगलागिबाट १०३ घरधुरी पुर्ण रुपमा क्षति भएको थियो । सो आगलागी पीडितलाई सशस्त्र प्रहरी परिवार महिला संघले आगलागी पीडितहरुलाई राहत सामाग्री वितरण तथा सामुहिक भोजन गराएको छ । सो क्रममा सात सय आगलागी पीडितलाई सामूहिकरुपमा भोजन गराइएको थियो ।

जरलहवामा भएको आगलागी पीडितहरुलाई प्रति घरधुरी राहत प्राप्त गर्ने गरी १०३ घरधुरीलाई कम्बल, सिरानी, टावेल, पानी खाने बोतल, जग, माक्स, स्टिलको कचौरा, स्टिलको गिलास, स्टिलको थाल, स्टिलको चम्चा, व्यक्तिगत सरसफाई किट (पुरुष÷महिला) तथा प्यान÷पाईप÷एल्बो लगाएतका राहत सामग्रीहरु सशस्त्र प्रहरीले वितरण गरेको छ ।

सो कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नामस्त वाहिनीका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, मटिहानी नगरपालिकाका नगर उप–प्रमुख मञ्जु देवी साह, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष प्राब्दा सिंह शाहलगायतकाहरुको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी परिवार महिला संघले स्थापनाकाल देखि नै विभिन्न स्थानहरुमा विपद् का घटनाहरुमा मलमपट्टीका रुपमा राहत वितरणलगायतका कार्यहरुमा गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News