अपडेट 
२०८१ बैशाख १९, बुधबार ०७:४०

धनुषाको दक्षिणवर्ती सीमानाकाबाट प्रहरीले भारी मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– ६ स्थित बैरीयामा ३० वर्षीय छोटे यादवको गोठमा लागूऔषध गाँजा लुकाइ राखेको अवस्थामा १५९ किलोग्राम बरामद भएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए । जिप्रका धनुषा र मातहतका प्रहरी चौकी बहेडाबेलाबाट खटेको संयुक्त प्रहरी टोलीले गोठ भित्र चेकजाँच गर्दा लागूऔषध गाँजा १५९ किलोग्राम फेला परेको थियो ।

गाँजा फेला परेसंगै छोटे यादवलाई समेत प्रहरीले पक्राउ गरी लागूऔषधबारे थप अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेका आरोपित यादव विगत पाँच वर्ष देखि भारतमा बसेर कारोबार गर्दै आएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News