अपडेट 
२०८१ बैशाख १९, बुधबार ०७:४४

जनता समाजवादी पार्टी (जसपा) नेपालको आसन्न महाधिवेशन अन्तर्गत प्रचार प्रसार समिति विस्तार गरिएको छ ।

जीतेन्द्रकुमार यादवको संयोजकत्वमा गठित समितिले पूर्णता पाएको छ । संयोजक यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकबाट १७ सदस्यीय समिति गठन गरिएको छ । प्रचार प्रसार समितिले विभिन्न चार वटा उप समिति समेत गठन गरेको छ । उप समितिका संयोजकहरु समेत प्रचार प्रसार समितिको सदस्य रहने गरी १७ सदस्यीय समिति गठन गरिएको छ ।

समितिका सदस्यहरुमा अतिशकुमार मिश्र, मनोजकुमार यादव, अभरेन्द्र यादव, प्रदेश समितिबाट तोकिएको प्रतिनिधि एक जना, स्मृति मिश्र, पूनम झा ‘मैथिल’ रहेका छन् भने विभिन्न ८ वटा जिल्लाबाट प्रतिनिधित्व हुने गरी कम्तीमा एक एक जना सदस्य थप गर्ने समितिका संयोजक यादवले जानकारी दिए ।

समितिले मिडिया व्यवस्थापन उप–समिति अभरेन्द्र यादव संयोजक, रचात्मक नारा तयारी उप–उप समितिमा पूणम झा मैथिल संयोजक, सांस्कृति तथा गीत रचना निर्माण उप–समिति स्मृति मिश्र संयोजक, झण्डा व्यवस्थापन उप–समिति र वाल पेन्ट डिजाइन तथा अनुगमन उप–समिति समेत गठन गरिएको छ ।

बैठकबाट सम्वन्धित उप समितिहरुले तीन दिन भित्र आफ् ना उप–समितिहरुलाई पूर्णता दिइ प्रचार प्रसार समितिमा बुझाउने निर्णय समेत गरिएको छ । बैठकमा पार्टीका राजनीतिक समिति सदस्य शैलेन्द्र साह, जसपा मधेश प्रदेश समितिका अध्यक्ष बालकिशोर यादव, केन्द्रीय सदस्य धर्मेन्द्र मोरवैता लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News