अपडेट 
२०८१ बैशाख १९, बुधबार ०७:४५

धनुषाको नगराईनमा मृत फेला परेका युवक भारतीय रहेको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सोमबार मृत फेला परेका भारतको बिहार राज्य मधुवनी जिल्लाको पहरा ग्रामपञ्चायत, झिकटैया थाना बासोपट्टी वडा नम्बर १ का ३२ वर्षीय मोहम्मद नवाउदिन रहेको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले नवाउदिनको सोमबार विहान नगराइन नगरपालिका– २ स्थित जटहीमा रहेको आँपको बगैँचामा बेवारिसे शव फेला परेको पनि मंगलबार पहिचान खुलेको बताए ।

अत्याधिक मदिरा सेवनको कारण उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने सो घटना विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News