२०८१ बैशाख १९, बुधबार १९:०२

नेपाल क्रिकेट संघ (क्यान)ले आज टी-ट्वान्टी विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले रोहित पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा रोहित पौडेल कप्तान‚ आशिफ शेख‚ अनिलकुमार साह‚ कुशल भूर्तेल‚ कुशल मल्ल‚ दीपेन्द्रसिंह ऐरी‚ ललित राजवंशी‚ करण केसी‚ गुल्सन झा‚ सोमपाल कामी‚ प्रतीश जीसी‚ सन्दीप जोरा‚ अविनाश बोहरा‚ सागर ढकाल र कमलसिंह ऐरी छन्।

आगामी जुन २ तारिखदेखि वेष्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजना हुँदै छ।

Comment

Related News

Latest News

Trending News