२०८१ बैशाख २०, बिहीबार १६:००

नेपाल र वेस्टइन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी–२० आई सिरिज नेपालले गुमाएको छ।

लगातार तीन खेलमा पराजित भएपछि एक खेल अगावै नेपालले सिरिज गुमाएको हो। पहिलो खेलमा जित निकाले पनि नेपालले त्यसपछिका खेलहरु लगातार गुमायो।

बिहीबारको खेलमा पनि नेपाल २८ रनले पराजित भयो। जबकी उपाधि रक्षाका लागि आजको खेल जित्नै पर्ने दबाब थियो।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो। २१० रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको नेपाल २० ओभरमा १८१ रनमै समेटियो।

आज पनि नेपालको टप अर्डर चल्न सकेन। कप्तान रोहित पौडेल बाहेक अन्यले सम्झनलायक रन बनाउन सकेनन्। पौडेलले सर्वाधिक ८२ रन बनाए। यस्तै दिपेन्द्र सिंह ऐरी र गल्शन झाले १९/१९ रन बनाउँदा सन्दीप जोराले पनि १९ र अविनाश बोहोराले १७ तथा सोमपाल कामीले १० रन बनाए।

Comment

Related News

Latest News

Trending News