अपडेट 
२०८१ बैशाख २०, बिहीबार १८:४९

सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

बजेट अधिवेशनलाई बर्खे अधिवेशन पनि भनिन्छ । सरकार अहिले बजेट निर्माणको चरणमा छ । आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्मा पेश हुनेछ ।

Comment


Related News

Latest News

Trending News