अपडेट 
२०८१ बैशाख २१, शुक्रबार १४:४६

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् ।

आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०४ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए ।

मटिहानी नगरपालिका ७ जरलहवा बस्तीमा वैशाख १४ गते भीषण आगलागी हुँदा १०४ परिवारको करिब अढाई सय घर जलेको थियो । आगलागीबाट करोडौंको धनमाल जलेर खरानी बन्यो । अहिले पीडितहरु प्रचण्ड गर्मीमा त्रिपालमुनी रातदिन काट्न बाध्य छन् ।

जनमतका अध्यक्ष डा. राउत र जनमतका नेताहरुले आगलागि पिडितहरुलाई घर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News