अपडेट 
२०८१ बैशाख २५, मंगलवार ०७:२७

मधेश प्रदेशका १० वटा स्थानीयतहका कर्मचारीलाई दक्षता तथा क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरिएको छ ।

जनकपुरधाममा सोमबार श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेश र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा भएको सो तालिममा स्थानीय तहका प्रमुख प्रशासकीय अधिृकत, लेखा प्रमुख तथा रोजगार संयोजक सहभागी थिए ।

तालिममा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका, जनकनन्दनी गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका, पिपरा गाउँपालिका, सिरहाको सिरहा नगरपालिका, मिर्चैया नगरपालिका र सप्तरीको राजविराज नगरपालिकाका लेखा अधिकृत र रोजगार संयोजकको दक्षता तथा क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरिएको छ ।

तालिम प्राप्त गरेपछि अधिकतम साधन स्रोतको सदुपयोग गर्दै नतिजामुखि कार्यहरुमा प्रभावकारिता देखिने गरी कर्मचारीले काम गर्ने विश्वास लिइएको छ । सो तालिमको उद्घाटन निमित सचिव रञ्जित यादवले गरेका थिए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रशिक्षक दीपेन्द्र पौडेल, शाखा अधिकृत सीता थापा, लेखा अधिकृत विमल दवाडी, कोष तथा लेखा नियन्त्रण काठमाण्डुका लेखा अधिकृत नवराज पण्डितलगायतले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको पुनःएकीकरण(रेनी) परियोजना लागु भएका दशवटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिृकत, लेखा प्रमुख तथा रोजगार संयोजकलाई वित्तीय व्यवस्थापन तथा प्रतिवेदन प्रणालीसम्बन्धी दुई दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News