अपडेट 
२०८१ बैशाख २६, बुधबार १२:४३

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादवले आफू बाहिर गएको मौकामा असंवैधानिक तवरले पार्टी विभाजन भएको बताएका छन् ।

पार्टीको केन्द्रीय  कार्यालय बालकुमारीमा आज पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म बाहिर गएको मौकामा असंवैधानिक तरिकाले पार्टी विभाजन भयो । महत्वाकाङ्क्षी भएर मुद्दा धरापमा पारे ।’

 ‘दुई चार जना भेला पारेर पार्टी फुटाए भन्नेले समर्थन पाइदैन । कार्यवाहक अध्यक्ष दिएको मान्छेले झोकमा पार्टी फुटाए । व्यक्तिगत स्वार्थले पार्टी विभाजन गरे । पार्टी दर्ता गलत छ । कानुन र राजनीतिक रुमले हाम्रो यात्रा कायम उनले भने ‘

यस्तै हिजो प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसंग पार्टी विभाजनबारे सामान्य कुराकानी भएको समेत जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री मेरो पार्टी विभाजन बारे सामान्य कुराकानी भयो । अरु कुनै कुरा भएन ।’

Comment


Related News

Latest News

Trending News